Rashtriya Dainik

मदार बाबा मजार संरक्षण संस्था प्रसैयाको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

अारपि उपाध्यक्ष / नवलपरासी ,१६ फागुन

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत रहेको मदार बाबा मजार संरक्षण संस्था प्रसैयाको वार्षिक साधारणसभा तथा अधिवेशन मंगलबार सम्पन्न भएको छ।

मदार बाबा मजार संरक्षण तदर्थ समितिका अध्यक्ष मुनिल अन्सारीको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा वडा अध्यक्ष शाहले मदार बाबा मेलाको स्थायी व्यवस्थापनको लागि सबै एक भएर जानु पर्ने धारणा राख्दै मदार बाबा प्रती आस्था र विश्वास गर्नेहरुले लोभ,लालचबाट मुक्त भएर सफा हृदयबाट काम गर्नुपर्ने जिकिर गर्नुभयो।

सो अवसरमा नेपाली काङ्ग्रेस वडा न.६ का वडा सभापति वीर बहादुर ठकुरी, विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा सदस्य विष्णुप्रसाद चौलागाईं, आर पि उपाध्याय लगायतले मजार संरक्षण समितिले निस्वार्थ भावनाबाट सेवामूलक ढंगले कार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

मौलाना परवेजको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई प्रकाश कुवरले सन्चालन गर्नुभएको बताइएको छ। सम्पन्न अधिवेशनले इकबाल अन्सारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ, जसको वरिष्ठ उपाध्यक्षमा अफ्ताफ मुसलमान, उपाध्यक्षमा हजरत अलि, कोषाध्यक्षमा अमिना खातुन, सचिवमा मोहम्मद सबर मिया, सहसचिवमा जफुर्दिन अन्सारी चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरुमा सहादत अन्सारी, नेक मोहम्मद अन्सारी, अरमान अन्सारी, शमशेर दिन, जमिर अन्सारी, कलमोन नेसा, खलिला बेगम, वकिल मिया, जयनुन नेसा चयन हुनुभएको छ। त्यसैगरी अधिवेशनले ७ सदस्यीय सल्लाहकार समिती पनि चयन गरेको जानकारी गराइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित