Rashtriya Dainik

महिलाहरुलाई अात्मनिर्भर बनाउन सिपमुलक अगरबती बनाउने तालिम

राजन कुमार बानिया / पर्सा ,१६ फागुन

साधना लघुबित बितिय संस्था लि.लंगडी शाखाले अायोजना गरेको महिलाहरुको लागि अगरबती बनाउने दुई दिने तालिम अाज देखि पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडीमा रहेको भानुसामुदनयिक पुस्तकालय सभा हलमा सुरु भएको छ।

महिलाहरुलाई अात्मनिर्भर बनाउन सिपमुलक अगरबती बनाउने दुई दिने तालिमको उदघाटन प्रमुख अतिथि वडा नं ३ का वडाअध्यक्ष राजकिसोर पटेलले उदघाटन गर्नु भएको थियो। प्रमुख अतिथि पटेलले भने महिलाहरुले सिपमुलक काम सिखेर अात्मनिर्भर बन्न अाग्रह गर्नु भएको हो। महिला हरुको हाथमा सीप नभएको कारण दुई रुपैयाको लागि श्रीमान र छोराहरु संग अास्रित हुनु परिरहेकोले अब प्राबिधिक युग भईसमेकोले अब अाफ्नै सीप सिखेर अात्मनिर्भर बन्नुमा जोड दिनु भएको थियो।

सीप र ब्यपार हाथमा नरहेको कारण सम्यमा बितिय संस्था हरु बाट लिएको ऋृण तिर्ण नसकेकोले घर परिवारमा समस्या देखिएको छ। महिला हरुले सीप सिखेर ब्यपार गरि अायअार्जन गर्नु पर्नेमा जोड दिनु भएको हो। प्रमुख अतिथि पटेलले महिलाहरुको लागि सिपमुल्क कार्यक्रम साधना लघुबित बितिय संस्था लि , ले लयाएर अाफ्ना महिला समूह सदस्य हरु तालिम हरु दिएर रोजगारी मुलक बनाई रहेकोले धन्यवाद ज्ञापन गरेका छन।

अगरबती बनाउने तालिम सिखेर व्यवहारमा उतार्न तालिममा सहभागी हरुलाई अाग्रह समेत गरे। तालिमको उदघाटन कार्यक्रममा वडा नं ४ लंगडीका वडाअध्यक्ष अबास मियाँले अाउने दिनमा महिला हरुलाई सिपमुलक तालिम दिएर रोजगारी बनाउने प्रतिबधता गर्नु भएको थियो।

अब महिला हरुको उत्थानका लागि गाउँपालिका बाट बजेट राखेर वडास्तरिय सिपमुल्क तालिम राखेर महिला हरुलाई अात्मनिर्भर बनाउने प्रतिब्धता गर्नु भएको हो।कार्यक्रममा समाज सेबी बुनिलाल कुर्मी, शिवनाथ कुर्मी, साधना लघुबित बितिय संस्था लि, लंगडी शाखा प्रमुख प्रेम यादव, कर्मचारी जगदिश यादव,कृष्ण कर्ण, अगरबती बनाउन सिखाउने प्रशिक्षक राजु पासवान ,पत्रकार ,सुरक्षाकर्मी,लगायतको सहभागिता रहेको थियोे ।तालिममा ३० जना महिला हरुको सहभागिता रहेको र बुधबार को अगरबती बनाउने तालिम सम्पन्न हुने अायोजकले जनाएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित