Rashtriya Dainik

साईवर अपराध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी १६ फागुन

“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजनामा सुनवल नगरपालिका वडा नं. ४ सुनवलमा रहेको महाकवि देवकोटा नमुना माध्यामिक विधालयकाे सभाहलमा सोही विधालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक, अन्य प्रध्यापक लगायत कक्षा ११ र १२ मा अध्ययनरत करिब २४० जना बिद्यार्थीको सहभागितामा “साईबर अपराध न्यूनीकरण” सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुलाई यस कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयद्धारा साईवर अपराध न्यूनीकरण सम्बन्धमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गर्नुभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित