Rashtriya Dainik

नवलपरासीमा १ लाख बढीको कपडा बरामद

संजय कुशवाहा / नवलपरासी १६ फागुन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ टि.सी.यन चोक स्थितबाट १ लाख १० हजार २ सय बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले सोमबार पूर्व पश्चिम राजमार्ग सडक खण्डमा नियमित चेकिङ टोलीले सवारी साधन चेकजांच गर्ने क्रममा अबैध रुपमा चोरी पैठारी गरि ल्याएका बिभिन्न किसिमका साडी, कुर्ता सुरवाल र अन्य लेडिज कापडाहरु बरामद गरिएको हो ।

बरामद गरिएको कपडा आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित