राष्ट्रिय दैनिक / नवलपरासी ,१६ फागुन
नेकपा एमाले मान्छेलाई झुक्याएर संगठन विस्तार गरिरहेको पर्दाफास भएको छ ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ निवर्तमान वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि अणेन्द्र नाथ रायले आफूलाई एमालेले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन् ।
अाइतवार सरावल ४ गाेबरहियाकाे एक कार्यक्रममा एमाले नेता कार्याकर्ताले झुक्याएर खादा लगाई पार्टी प्रवेश गराएको हल्ला चलाएको रायको भनाइ छ । नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि अणेन्द्र नाथ रायले एक विज्ञप्ति जारी गर्दै आफू कांग्रेसमै रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको उनको विज्ञप्तिमा लेखिएको छ, ‘नेकपा एमालेका नेता कार्यकर्ताले मलाई खादा लगाई एमाले पार्टी प्रवेश गरेको भनी भ्रामक र अनैतिक कार्य गरेकोमा म खेद प्रकट गर्दै मेरो असहमति रहेको र एमाले जस्तो गलत र अराजक पार्टीमा म कदापी हुन्न र हुन सक्दिनँ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

