Rashtriya Dainik

बर्दगोरियामा पत्रकार टिकाराम साउद दुई घण्टा नियन्त्रणमा, दुई जना पक्राउ

१६ फागुन,सुखड । कैलालीका पत्रकार टिकाराम साउदलाई समाचार प्रसारण गरेको भन्दै दुई घण्टा नियन्त्रणमा लिइएको छ । जिल्लाको बर्दगोरियामा रहेको आरएनसी टे«डिङ प्रालीका बारेमा समाचार सङ्कलन गरेर फर्किँदा आरएनसी टे«डिङसँग सम्बन्धित व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएका हुन् । प्रसारण गरेको भिडियो समेत हटाउन दबाब दिएका उनीहरूले केही बेर पत्रकार साउदको मोबाइल पनि कब्जामा लिएका थिए ।

केही घण्टा पनि प्रहरी टोली पुगेर उनलाई छुटाएको थियो । पत्रकार साउँदलाई नियन्त्रणमा लिने भीम ऐर र केशव बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखड ल्याइएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । उनले आरएनसी टे«डिङमा आवश्यक कागजात समेत फेला नपरेको बताए ।

पत्रकार साउँदे आफूलाई नियन्त्रण राख्नेहरू माथि कडा कारबाहीको माग समेत गरेका छन् । सोमबार साउद सहित पत्रकार रमेश बम लोकसिंह ठकुरी, खेम ढुङ्गाना र तपेन्द्र ढुङ्गाना पनि समाचार सङ्कलनमा गएका थिए । उनीहरू फर्किसकेपछि साउदलाई नियन्त्रणमा लिइएको थियो ।

उक्त घटनालाई पत्रकार महासङ्घले पनि भर्त्सना गरेको छ । पत्रकार महासङ्घ कैलालीका सदस्य कृष्ण प्रसाद ओझाले पत्रकारलाई नियन्त्रण राख्नेहरूलाई कडा कारबाहीको माग गरेका छन् । समाचारमा असहमति भए कानुनी उपचारका विधि हुँदा हुँदै पत्रकारमाथि जाइलाग्नेहरू विरुद्ध महासङ्घ कडा रुपमा प्रस्तुत हुने समेत उनले जनाए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित