Rashtriya Dainik

बर्दघाट नगरपालिकाले मगर एकता दिवसमा दिएको बिदाको शैली प्रति सरोकारवाला असन्तुष्ट

रवि पाण्डेय /नवलपरासी , १५ फागुन

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मगर एकता दिवसमा दिएको बिदाको शैली प्रति सरोकारवालाहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । बर्दघाट नगरले मगर एकता दिवसकै दिन बिहान पख मात्र सुचना जारी गर्दै मगर जातिलाई मात्र विदा दिएको थियो ।
अघिल्लो बर्षहरुमा मगर एकता दिवसमा पुर्ण विदा दिने गरिएकोमा यस पटक मगर जातिलाई मात्र बिदा दिइएको र त्यसमा पनि उसै दिन बिहान मात्र सुचना जारी गरेको भन्दै मगर समुदायले असन्तुष्टि ब्यक्त गरेको हो ।

मगर युवा भरत काम्मु मगरले यस अघि सार्वजनिक बिदा दिने गरिएको तर यस पटक भने विदा नदिएको भन्दै संजालमा आलोचना गर्नुभएको छ । अगुवाहरुले समयमै विदा नदिने र बिहान पख मात्र बिदाको सुचना जारी गर्नुलाई गैर जिम्मेवारीको संज्ञा दिएका छन् । मगर जातिलाई मात्र भनेर बिहान पख सुचना जारी गर्नु गैर जिम्मेवारीपन हो – एक अगुवाले भने – त्यही सुचना पनि एक दिन अगाडि गर्न सकिन्थ्यो । हामी नगरको तेस्रो ठुलो समुदाय हौं ।

यस्तै सामाजिक संजालमा स्थानीय गोबिन्द बहादुर सारुले मगर एकता दिवसमा सार्वजनिक बिदा नदिएको र समयमै सुचना जारी नगरेको भन्दै खेद ब्यक्त गर्नुभएको छ ।

बर्दघाट नगर कार्यपालिकाका प्रबक्ता सन्तबहादुर गाहाको हस्ताक्षरमा मगर दिवसकै दिन मगरजातिलाई मात्र बिदा दिने सुचना नगरको अफिसियल फेसबुकमा राखिएको थियो ।

फागुन १४ गते लेखिएको उक्त सुचना सोमवार बिहान ८ बजे मात्र पोष्ट गरिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका हुन् ।
समयमै विदाको सुचना नआउदाँ बिद्यालयहरुमा अध्यापन गर्ने नगर्ने बारे समेत अन्यौल भएको थियो । विदा बारे अन्यौल बीच नगरपालिका भने संचालनमा आएको थियो । नगरपालिकाको कार्यालयमा सोमवार अरु दिन जस्तो सेवाग्राहीहरु भने आएका थिएनन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित