Rashtriya Dainik

सरावल गाउँपालिकाकाे अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी , १५ फागुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अर्धवार्षिक समिक्षा कार्यक्रम गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को अर्धवार्षिक सार्वजनिक सुनुवाई भएकाे हो । गाउँपालिकाकाे सभाहलमा साेमबार प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेलकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा अर्धवार्षिक समिक्षा सम्पन्न भएको हाे

त्यस क्रममा गाउँपालिकाकाे हालसम्मकाे गरेको क्रियाकलाप प्रगति प्रतिवेदन तथा वित्तिय प्रगती सार्वजनिक गरिएकाे थियाे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेल, सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य , शाखा प्रमुख तथा गाउँपालिका कर्मचारीहरुकाे उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित