Rashtriya Dainik

कांग्रेस नवलपरासी २ ले फागुन १६ र १७ गते गर्ने प्रशिक्षणकाे तयारी पुरा

उमेश बि.क / नवलपरासी , १५ फागुन

नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्रिय कार्यसमिती क्षेत्र नं. २ नवलपरासीले फागुन १६ र १७ गते प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।

साे कार्यक्रमकाे लागि अतिथि सत्कार तथा अन्य ब्यवस्थापकिय पक्षकाे तयारी पूरा भएको कांग्रेस प्रतिनिधीसभा क्षेत्रिय कार्यसमिती क्षेत्र नं. २ नवलपरासीकाे सभापति माधव प्रसाद पाण्डेले जानकारी दिनुभएको छ।

क्षेत्रीय कार्यसमिति ,महासमिति ,महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्रीय समितिका पदाधीकारी ,पालिका कार्यसमीतीका पदाधिकारी ,वडा सभापती र वडा सचिवहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको सभापति पाण्डेले जानकारी दिनुभएको छ।

नवलपरासीको भुमहिमा अवस्थित नेचर रे रिभर भ्यु रिसोर्टमा हुने प्रशिक्षणको उद्घाटन माननीय प्रदीप पौडेलले गर्ने सभापति पाण्डेले जानकारी दिनुभएको छ।

नवलपरासी २ बाट करिब २५० भन्दाबढीको सहभागिता हुने अतिथी प्रशिक्षक बिष्णु लामीछाने ,अतिथी एव प्रशिक्षक पुर्स्वोत्त दाहालले प्रशिक्षण गर्ने कार्यक्रम रहेको पाण्डेले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित