अारपि उपाध्याय / नवलपरासी , १५ फागुन
नेपाल मगर संघ विनयी त्रिवेणी गाउपालिका वार्ड नंं ६ र ७ को संयुक्त आयोजनामा ४१ औं मगर एकता स्थापना दिवस त्रिवेणीको हरियाली पार्कमा सोमबार सम्पन्न भएको छ ।
मगर संघ विनयी त्रिवेणी वार्ड नंं ६ र ७ को संयुक्त अध्यक्ष भुपेन्द्र थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बिष्णूकुमार कार्कीले नेपाल को विभिन्न काल खण्डमा भएको आन्दोलनमा मगर अगुवाहरले खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।
भाषा, संस्कृति, भेषभुषा लाई हालको समय सम्म पनि बचाएर राख्नु भएको मगर समुदायले भावि पुस्तालाई अध्ययन र जानकारीको अवसर प्रदान गर्ने पनि जिकिर गर्नुभयो । एक फरक प्रसंगमा बोल्दै सांसद कार्कीले आफुले निर्वाचन को समयमा दिएको बचन नभुलेको जानकारी गराउदै त्रिवेणी दुम्किबास सडक निर्माण र नदिनालाबाट बर्षेनी पुगेको क्षती निवारण गर्ने कार्यमा मन,कर्म,बचनबाट लागी पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य सिंहबहादुर थापा मगरले नेपाल मगर संघले उठाएको माग प्रती नेपाल सरकार गम्भीर नभएकोले सो माग पुरा गराउन दबाब मुलक कार्य गर्न पनि सम्पुर्ण मगर समुदाय एक भएर लाग्नुपर्ने बताउनुभयो ।

सो असरमा विनयी त्रिवेणी वार्ड नंं ६ को वार्ड अध्यक्ष नुरेन्द्र शाह वार्ड नंं ७ का वार्ड अध्यक्ष उमेश कार्की लगायतले मगर दिवशको विविध पक्षमाथी प्रकाश पार्नु भयो।
कार्यक्रममा २०७९ सालको बार्षिक परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने १ दर्जन मगर बिध्यार्थिहरुलाई कदर पत्र सहित सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।
सो अवसरमा राष्ट्रीय तथा स्थानिय कलाकारहरुले गायन सहित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा , राष्ट् सेवक कर्मचारी सहित ठुलो संख्यामा मगर समुदायका नर नारीहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

