अारपि उपाध्याय / नवलपरासी , १५ फागुन
पुर्वी नवलपरासी को विनयी त्रिवेणी ७ मा रहेको सत्यवती आमा समुह र त्रिदेव युवा क्लब ब्यारेज पुल गाईड्बाधको आयोजनामा दुर्गा भगवतीको मुर्ती हस्तान्तरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
सत्यवती आमा समुहकी अध्यक्ष साबित्री गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि सभा सदस्य बिष्णू कुमार कार्कीले गण्डकी प्रदेशको एक मात्र त्रिवेणी नाकालाई पहिचान सहितको नाका बनाउने कार्यक्रममा आफुले ईमान्दारीपुर्वक कार्य गर्ने बताउनु भएको छ ।
उहाले निर्वाचनको समयमा जनता समक्ष गरेको प्रतिबद्धता र घोषणा पत्रमा लेखिएका शब्दलाई अक्षरश पालन गर्ने पनि जिकिर गर्नुभयो । सांसद कार्कीले आफ्नो ५ बर्षे कार्यकालमा बहुचर्चित त्रिवेणी दुम्किबास सडकलाई सत प्रतिशत बनाएर छाड्ने उद्घोष पनि गर्नुभयो ।

मुर्ति हस्तान्तरण कार्यक्रममा महिला नेतृ कला भुजेल, स्थानिय समाजसेवी निरञ्जन थापा ,राजकुमार राई , माननिय बिष्णु कार्किका स्वकीय सचिव राजु पाण्डे,प्रकाश कुवर लगायतको उपस्थिती रहेको थियो ।
लामो समय देखी स्थानियबाट दुर्गा भगवतीको मुर्ति माग भै आएकोमा प्रतिनिधि सभा सदस्य कार्किले जनताको माग बमोजिमनै मुर्ती हस्तान्तरण गर्नुभएको कार्यक्रम सञ्चालक बलराम के.सीले जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभा सदस्य कार्किले गण्डक ब्यारेज प्रशासनले नेपाली जनताको अहित हुने कुनै कार्य गरेमा सो को बिरुद्धमा आफु स्वयंमले आन्दोलनको अगुवाई गर्ने कुरामा पछि नपर्ने उद्घोष गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

