राजन कुमार बानिया /पर्सा १५ फागुन
पर्साको छिपहरमाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राकेश अोझा हाजिर भई कार्यभार समालदै अाज एक समहारोहका बिच जनप्रतिनिधि र कर्मचारीहरु बिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
छिपहरमाई गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक कार्यक्रममा उपाध्यक्षका प्रतिनिधि किशोरी साह कानु, वडाअध्क्ष रामेश्वर महतो, दिपेन्द्र सिंह ,कामेश्वर यादव,महेन्द्र साह कलवार, मौजीलाल साह ,शिक्षा प्रमुख मुकेश चौरसिया,मुकेश कुमार,लगायत परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
प्रमुख प्रसाशकिय अधिकृत अोझालाई जनप्रतिनिधिहरु र कर्मचारी हरु ले फुलमाला र अवीर लगाएर गाउँपालिकामा स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत अोझाले छिपहरमाई गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिका को काम कारवाही नियमसंगत अगाढी बढने तथा विकासले गति पाउँनेमा आफु बिश्वस्त रहेको प्रतिक्रिया दिनु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

