Rashtriya Dainik

पल शाह आज जेलमुक्त हुँदै

काठमाडौं । एक वर्षदेखि तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुट्दैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुट्न लागेका हुन ।

जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालत पोखरालेले अभियोग दाबी नपुग्ने ठहर गरेको थियो । उच्च अदालत पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनी विरुद्धको अभियोगमा दाबी नपुग्ने ठहर गरेको हो ।

उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको विरुद्ध उनी उच्च अदालत गएका थिए ।

यसअघि उनले तनहुँ जिल्ला अदालतबाट सफाइ पाई सकेका छन् । नाबालिग माथि बलात्कार गरेको आरोपमा उनी गत वर्ष पक्राउ परेका थिए । आरोपी बालिकाले शाहमाथि झुटा मुद्दा भएको भन्दै अदालतमा बकपत्र गरेकी छिनु ।

उच्च अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परीक्षण गरी तनहुँ जिल्ला अदालतबाट छुट्ने तनहुँ कारागार प्रशासनले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित