राष्ट्रिय दैनिक / नवलपरासी , १४ फागुन
सुनवल सामुदायिक विकास केन्द्रले प्रतापपुर गाउँपालिका भित्रका वडा स्तरीय अपाङ्गता सन्जालका पदाधिकारीलाई क्षमता विकास तालिम सम्पन्न गरेको छ।
युनाइटेड मिसन टु नेपालकाे सहयोग तथा सुनवल सामुदायिक विकास केन्द्रकाे अायाेजनामा सन्चालित अपांगता समावेशी विकास परियोजना अन्तर्गत २ दिने क्षमता विकास तालिम अाइतबार सम्पन्न भएको हाे।

केन्द्रले पाल्हीनन्दन गाउँपालिका र प्रतापपुर गाउँपालिकालाई लक्षित गरी आगामी तीन वर्षकालागि अपाङ्गता समावेशी विकास परियोजना सञ्चालन गरिरहेको छ ।
तालिममा अपाङ्गता भएका व्यक्तिले राज्यका सवै निकायमा सहज पहुँच पुग्ने वातावरण तयार पार्नु पर्ने धारणा राखेका छन् । पाल्हीनन्दन गाउँपालिकामा पाँच सय ३८ र प्रतापुर गाउँपालिकामा नौ सय ७३ गरी १ हजार पाँच सय ११ जना अपाङ्गता भएका महिला तथा पुरुषहरुका वीच परियोजनाले काम गर्ने परियोजना संयाेजक श्यामसुन्दर ढुङ्गानाले बताउनुभएको छ ।

तालिममा अपाङ्गताकाे परिचय अवधारणा , अपांगताकाे परिकार तथा अवरोध, अपाङ्गता भएका व्यक्तिहरुको सेवा सुविधा,मर्यादित शब्दावली , अपांगता परिचयपत्र , स्थानीय तहमा श्रोत पहिचान र पहुँच अभिबृद्धि जस्ता विषयमा प्रशिक्षण दिइएको पुनरस्थापना संयाेजक राधा सापकोटाले जानकारी दिनु भयो ।

सो तालिमको सहजिकरण युनाइटेड मिसन टु नेपालकाे अपांगता समावेशी बिकास परियोजना ब्यवस्थापक अन्जना श्रेष्ठ , परियोजनाका संयोजक श्यामसुन्दर ढुँगाना र पुनरस्थापना संयाेजक राधा सापकोटाले गर्नुभएको थियो ।

तालिममा प्रतापपुर गाउँपालिका वडा स्तरीय अपाङ्गता प्रवर्धन समितिका अध्यक्ष , सचिव र काेषाध्यक्ष लगाएत २९ जना सहभागीहरुकाे सहभागीता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

