Rashtriya Dainik

नवलपरासीको पहिलो बालमैत्री गाउँपालिका घोषणाको तयारीमा जुट्दै सरावल गाउँपालिका

राष्ट्रिय दैनिक / नवलपरासी , १४ फागुन

पश्चिम नवलपरासीको सरावल गाउपालिकाले बालमैत्री गाउँपालिका बनाउन लागिपरेको छ।

नवलपरासीको चार पालिका मध्ये बालमैत्री गाउँपालिका घोषणाको तयारीमा जुट्दै सरावल गाउँपालिका पहिलो बालमैत्री पालिकाका लागि विभिन्न अभियान तथा कार्यक्रमहरु अगाडि बढाएको छ।

पालिकाकाे वडाहरुमा बालमैत्री स्थानिय शासन तर्फका सूचकहरु चरणबद्ध रुपमा पूरा गर्ने गरी अभियान सुरु गरिएको पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले बताउनुभयो।

फाल्गुन १३ गते देखी गाउँपालिकाले आयोजना गरेको बालमैत्री स्थानिय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै सरावल गाउपालिकालाई आगामी २०८३ साल भदौ २९ गते भित्र बालमैत्री स्थानिय शासन घोषणा कार्यका लागि सामुहिक प्रतिवद्धता समेत गरिएको छ ।

गाउपालिकाको वडा नं १ मा वालमैत्री स्थानिय शासन सम्बन्धि कार्यक्रमहरु सञ्चालन भईरहेको र यही असार मसान्त भित्रमा वडा नं १ लाई बालमैत्री वडा घोषणा गर्ने गरी तैयारी भईरहेको गाउपालिका उपाध्यक्ष बासमति हरिजनले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वालमैत्री स्व्यमसेवक, बालक्लवका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

वालमैत्री नगर गाउ घोषणा गर्न बालमैत्री स्थानिय शासन तर्फका ५१ वटा सूचकहरु चरणवद्ध रुपमा पुरा गर्नुपर्ने हुन्छ ।

जिल्लामा ३ नगरपालिका र ४ गाउपालिका छन् । त्यसमध्ये सुनवल र रामग्राम बालमैत्री नगर घोषणा भई सकेका छन् । अब जिल्लाका बर्दघाट नगरपालिका सहित ४ गाउपालिका बालमैत्री घोषणा हुन बाँकी छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित