Rashtriya Dainik

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीद्वारा लागू औषध सहित एक युवालाई नियन्त्रण

अारपि उपाध्याय / नवलपरासी , १४ फागुन

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले लागू औषध सहित एक युवालाई नियन्त्रणमा लिएको छ।

पुर्वी नवलपरासी कावासोती नगरपालिका वडा न.१६ अन्तर्गत चालीस किलो जङ्गलमा लागू औषध सहित एक व्यक्तिलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिनुभएको छ।

पुर्व पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी नायब निरीक्षक नरेन्द्र बि.क. को नेतृत्वमा गएको प्रहरी टोलिले लागू औषध सहितको व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना.५ख.८६९८ नम्बरको बस चेकजाँच गर्दा बसमा सवार तनहुँ ब्यास नगरपालिका ८ बस्ने वर्ष २० का सन्तोष लामालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

लागू औषध सहित नियन्त्रणमा परेका लामाबाट नुफिन ४९ एमपुल,डाइजापाम ४९ एमपुल,फेनरागन ४९ एमपुल, नाइट्रोभेट ३० पिस सहित गरि जम्मा १४७ लागू औषध बरामद गरि थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको बताइएको छ।

लागू औषध सहित नियन्त्रणमा परेका लामाले लागू औषध कहाँबाट कसरी ल्याइ पुर्याएको घट्नाबारे प्रहरी प्रशासन अझै गम्भीर हुन पर्ने जनस्तरबाट आवाज पनि उठन थालेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित