Rashtriya Dainik

संयुक्त रुपमा स्ववियु निर्वाचनमा सहभागी हुदै दुई अखिल (क्रान्तिकारी)

रवि पाण्डेय / नवलपरासी , १४ फागुन- नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) निकट बिद्यार्थी संगठनले संयुक्त रुपमा स्ववियु निर्वाचनको उपयोग गर्ने भएका छन् ।
दुईवटै संगठनका केन्द्रीय अध्यक्षहरुले आइतवार अखिल (क्रान्तिकारी) संयुक्त प्यानलबाट स्ववियु निर्वाचनमा उम्मेदवारी दिन सहमति गरेका हुन् ।
अखिल(क्रान्तिकारी)संयुक्तका नाम दुईवटा क्रान्तिकारी बिद्यार्थी संगठनहरुले स्वबियु निर्वाचनमा उम्मेदवारी दिने सहमति गरेको संगठनका क्रान्तिकारी माओवादीनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र बहुमतनिकटका अखिल (क्रान्तिकारी)का अध्यक्ष मिलन राईले संयुक्त रुपमा जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा निर्वाचन परिचालन समिति गठन गरिएको जनाउदै एमसीसी एंव संसदवाद बिरोधी संगठनहरुबीच सहकार्यको लागि अपिल गरिएको छ ।
यसैबीच केन्द्रको सहमति बमोजिम पश्चिम नवलपरासीमा समेत दुईवटा क्रान्तिकारी संगठन बीच सहकार्य हुने बिद्यार्थी नेता सन्देश सापकोटाले जानकारी दिनुभयो । क्रान्तिकारी माओवादी , बहुमत र नेकपा(मशाल)बीच पार्टी एकता संयोजन समिति बनेको अवस्थामा बिद्यार्थी संगठनबीच भएको यस सहकार्यलाई अर्थपुर्ण रुपमा लिइएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित