राष्ट्रिय दैनिक / नवलपरासी , १४ फागुन
नेपाली कांग्रेस सरावल गाउँपालिका वडा नम्बर ३ निवर्तमान वडा अध्यक्ष एवं क्षेत्रीय प्रतिनिधि अणेन्द्र नाथ रायले नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
अाइतवार सरावल गाउँपालिका स्तरीय अभिमुखिकरण , पार्टी सुदृढीकरण तथा विस्तार अभियान कार्यक्रम अन्तर्गत गाेबरहियामा नेकपा एमाले केन्द्रीय सदस्य गाेमा अाचार्यले निवर्तमान वडा अध्यक्ष राय सहित १० जनालाई टीका लगाइ भब्य स्वागत गर्नुभएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य गाेमा अाचार्यले पार्टीले दिइएको जिम्मेवारी सबैले निर्वाह गर्दै पार्टीले लिएकाे लक्ष्य पूरा गर्न सबै लाग्न अाग्रह गर्नुभएको थियो ।

नेकपा एमाले सरावल पालिका कमिटी अध्यक्ष सुरेश यादवकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा नवलपरासी जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र अधिकारी , प्रदेश कमिटी सदस्य सिमा गिरी , प्रदेश कमिटी सदस्य लक्ष्मी क्षेत्री , बिरेन्द्र यादव , जिल्ला सचिवालय सदस्य गाेपाल अाले , जिल्ला सचिवालय सदस्य रामप्रसाद अर्याल , जिल्ला सचिवालय सदस्य सुर्य दुवे , जिल्ला कमिटी सदस्य सुखाडी प्रसाद चाैधरी , जिल्ला कमिटी सदस्य बासमति हरिजन , जिल्ला कमिटी सदस्य शुसान्त शर्मा लगाएत कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

नव प्रवेशीहरूले नेपाली कांग्रेसले लामो समय सत्तामा बसेपनि जनताको चाहना अनुसार अगाडि बढन नसकेकोले आफूहरू नेकपा एमालेमा गोलबद्ध भएको बताएका छन् ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

