Rashtriya Dainik

प्रहरीद्वारा ४ लाख भन्दा बढीको मालसामान बरामद

संजय कुशवाहा / नवलपरासी १४ फागुन

पश्चिम नवलपरासीमा प्रहरीले ४ लाख ६५ हजार ८ सय ४० मुल्य बराबरको मालसामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा न. २ हाटबजार स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ मोटरसाइकलमा राखि ल्याउदै गरेको कुर्ता सुरुवाल २७० पीस र होली टिसर्ट ११ सय ७९ पीस प्रहरीले बरामद गरेको हो । उक्त बरामद कपडाको मुल्य ३ लाख २० हजार २ सय २० बराबरको रहेको छ ।

प्रहरी टोलीलाई देखेपछि उक्त कपडाहरू सोही स्थानमा छाडी मानिस मोटरसाइकल लिई फरार भएकोमा उक्त कपडा प्रहरीले नियन्त्रणमा लिई महेशपुर भन्सार कार्यालयमा पठाइ साथै उक्त सामानको कसले ल्याएको हो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।

साथै जिल्ला प्रहरी कार्यालय मातहत समेतको एसियाबाट चिनी, किसमिस , चियापत्त , बिस्कुट , गहुँ लगायतको मालसामान प्रहरीले बरामद गरेको छ ।
उक्त बरामद सामानको मुल्य १ लाख ४५ हजार ६ सय २० बराबरको सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित