Rashtriya Dainik

यात्रु वाहक बस दुर्घटना हुँदा बसमा सवार ७ व्यक्ति घाइते

अारपि उपाध्याय / नवलपरासी , १४ फागुन

पुर्वी नवलपरासीको कावासोती नगरपालिका अन्तर्गतको जङ्गलमा गए राती यात्रु वाहक बस दुर्घटना हुँदा बसमा सवार मध्ये ७ व्यक्ति घाइते भएका छन।

पुर्व पश्चिम राजमार्गको कावासोति स्थित ४० किलो जङ्गलमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको लु.१ख.८५९२ नम्बर बसको अगाडिको पट्टा भाचिदा बस सडकबाट ४ फिट तल पल्टिन जादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवं डिएसपी सन्तोष पाठकले जानकारी दिएका छन।

गए राती २:३० बजेको समयमा भएको बस दुर्घटनामा परि घाइते हुनेहरूलाई भरतपुर मेडिकल अस्पताल र मध्यविन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

दुर्घटना भए लगत्तै जिल्ला प्रहरी कार्यालय कावासोतिबाट प्र.ना.नि. दिल कुमारी काफ्लेको कमान्डमा ७ प्रहरी टोलि र स्थायी प्रहरी पोस्ट डण्डाबाट प्र.ना.नि. कमल मच कोटीको कमान्डमा ४ प्रहरी टोलिले घाइतेलाई उपचारको लागि पठाएको र अन्य यात्रुलाई गन्तव्यमा पठाइएको बताइएको छ।

बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको पनि जानकारीमा आएको छ।

बस पल्टिँदा दुर्घटनामा परि सक्त घाइते हुनेहरुमा सप्तरी जिल्ला राजविराज बस्ने वर्ष २५ का सैलेन्द्र कुमार दास,इलाम दमही बस्ने वर्ष २५ का गोपाल भट्टराई,रुपन्देही तिलोत्तमा भलवारी बस्ने वर्ष ५४ कि फुलमाया खड्का,सुनसरी हरिनगर ४ बस्ने वर्ष ३० का कोदिपेन पाल,इटहरी उपमहानगरपालिका बस्ने वर्ष २३ का प्रवीण कुमार चौधरी घाइते भएको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित