काठमाडौं । नेकपा एमालेका अध्यक्षका केपी शर्मा ओलीले राष्ट्रपतिमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौता अनुसार आफूहरुलाई भोट हाल्नेमा विश्वस्त रहेको बताएका छन् ।
ललितपुरको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले ओलीसँगकाे भेटमा आफू अप्ठ्यारोमा परेको बताएपनि सम्झौता अनुसार आफूहरुलाई नै भोट हाल्ने एकीन भएको बताए । उनले भने,‘प्रचण्डजीले अलिकति अप्ठ्यारो पर्यो, दबाब पर्यो भनिराख्नुभएको छ। तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ भन्ने लगभग हामीलाई एकीन नै छ ।’ नेकपा एमालेले तत्काल सरकारबाट तत्कालनबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।
एमालेले राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

