Rashtriya Dainik

सियारीमा थारु मयुर नाच तालिम

राजन चाैधरी / रुपन्देही , १२ फागुन

रुपन्देहीको सियारी गाउँपालिकामा थारु मयुर नाच तालिम सुरु भएको छ।

करुणा डेभलपमेन्ट फाउन्डेसन प्रा.लि सियारी २ काे अायाेजना तथा सियारी गाउँपालिकाकाे सहयोगमामा प्रेमनारायण चाैधरीकाे अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष तारा थारुकाे प्रमुख अातिथ्यतामा तालिम सुरु भएको हाे।


कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष थारुले थारु कला संकृतिको जर्नेना गर्न याे तालिम सुरु गरिएको बताउनु भयो । पालिका भित्र बढी बसोबास रहेको आदिबासी जनजाति थारुको कला, संस्कृति, भेषभुसा लगायतको प्रबद्र्धन गर्ने उद्देश्यले पालिकाले याे तालिम राखिएको बताउनुभएको थियोे ।

तालिम अाजबाट सुरु भई १९ गतेसम्म सन्चालन हुने अायाेजकले जानकारी दिइएको छ।

२६ जना सहभागी रहेको तालिमकाे सहजिकरण चौतारे थारुले गर्ने अायाेजकले जानकारी दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित