दोरेन्द्र खड्का /बझङ ,१२ फागुन
एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्य समिती बझाङको प्रथम जिल्ला अधिवेशन र पेशागत महांसघ नेपाल जिल्ला समिती बझाङको चौथो अधिवेशन एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
सदरमुकाम चैनपुर स्थीत नेकपा एकिकृत समाजवादिको पाटी कार्यालयको हलमा एकिकृत सरकारी कर्मचारी संगठन नेपाल जिल्ला कार्य समिति बझाङका अध्यक्ष रमाकान्त जोशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एकिकृत समाज वादि पाटीका स्थाइ कमिटी सदश्य तथा प्रतिनिधी सभा सदश्य माननीय भानुभक्त जोशी प्रमुख अतिथी रहनुभएको थियो ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादी पाटीका केन्द्रीय सदश्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिह ,सह इन्चार्ज बिरेन्द्र भण्डारी , जिल्ला कमिटी अध्यक्ष इन्द्र भण्डारी, पेशागत महासंघ नेपालका उपाध्यक्ष हरी प्रसाद जोशी , एकिकृत सरकारी कर्मचारी सँगठन नेपालका केन्द्रिय उपाध्यक्ष नृपराज जोशी , पाटी नीकट संघ संघठन संग आबद्ध जिल्ला भरीका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा सहभागी वक्ताहरुले शुभकामना मन्तव्य दिदै कर्मचारीहरुले जनताले अनुभुती हुने गरी काम गर्नु पर्ने र कर्मचारीको हक हित न्यायका लागी एकिकृत सरकारी कर्मचारी संगठन नेपालको ठुलो भुमिका रहने बताएका थिए । प्रथम अधिबेशन बाट अध्यक्ष कपिल रावल उपाध्यक्ष सिद्धराज थापा उपाध्यक्ष महिला सान्ती रेग्मी, सचिव मिना रेग्मी, सह सचिव हरी प्रशाद रताला, रहने गरी २१ सदस्यीय एकिकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिती गठन गरीएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

