Rashtriya Dainik

हिंसामुक्त समुदाय निर्माण अभिमुखिकरणको लागि सामुदायिक भेला

अारपि उपाध्याय / नवलपरासी , १२ फागुन

विनयी त्रिवेणी गाउँपालिका वडा न.१ तथा विजय विकास श्रोत केन्द्र गैंडाकोटको आयोजनामा हिंसामुक्त समुदाय निर्माण अभिमुखिकरणको लागि सामुदायिक भेला दुम्किबासमा सम्पन्न भएको छ।

विनयी त्रिवेणी गाउँपालिका वडा न.१ कि निमित्त वडा अध्यक्ष रुमा चुहान मगरको अध्यक्षतामा भेला सम्पन्न भएको हो। भेलाले लैङ्िगक हिंसा न्यूनीकरणको लागि वडा स्तरीय सत्र सदस्यीय समिती चयन भएको छ।

गठित समितिको अध्यक्षमा लक्ष्मी पुलामी, उपाध्यक्षमा भिम बहादुर सोमै,सचिवमा कपिल देव आमागाइ र सहसचिवमा कला भुजेल लगायत सर्वसम्मत चयन हुनु भएको छ।

समाजमा बढ्दै गएको सामाजिक विकृति न्यूनीकरण गर्दै हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ समिती चयन गरिएको स्थानीय समाजसेवी समेत रहनु भएकी समितिकी सह सचिव कला भुजेलले जानकारी दिनुभएको छ।

हिंसामुक्त समाज निर्माणको लागि आयोजना गरिएको भेलामा भि.डि.आर.सी. का प्रबन्धक बद्री लम्साल,अनुगमन अधिकृत हरि आचार्य र सोहन सुवेदीले सहजीकरण गर्नुभएको थियो। भि.डि.आर.सी. गैंडाकोटले पुर्वी नवलपरासीको होप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकालाई लक्षित गरि वडाहरुमा हिंसामुक्त समुदाय निर्माणको लागि अभिमुखिकरण कार्यक्रम गर्दै आएको बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित