काठमाडौं । २०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै विभाजनको अभ्यासमा छ । वैधानिक रुपमा फुटको घोषणा नगरेको भए पनि पार्टी अब एक छैन भन्नेमा नेकपामा नेता–कार्यकर्ता कन्भिन्स भइसकेका छन् । त्यसैको फलस्वरुप केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालयमा ताला लगाउने होडबाजीमा दुवै पक्ष देखिन्छन् । तर त्योभन्दा ठूलो हडबाजी चुनाव चिन्ह सूर्य पाउनका लागि छ । त्यसको लडाइँ चाहिँ ४० औँ वर्ष सहकार्य गरेर राजनीतिक जीवनको उत्तराद्र्धतिर पुग्नै लाग्दा टुक्रिन लागेका तत्कालीन एमालेका शीर्ष नेताबीच झन् देखिन्छ । हुन त पार्टीको नाम, झण्डा र चुनाव चिन्ह जसको बहुमत छ, उसैको हुने स्पष्ट कानुन छ । त्यसैले नेताहरु आफ्नो हातबाट चुनाव चिन्ह नउम्कियोस् भन्ने चाहन्छन् । त्यसका लागि नेकपाको छिनाझपटी निर्वाचन आयोगसम्मकै पुगेको छ । पूर्वएमाले पक्षको सूर्य चिन्हसँग भावनात्मक साइनो अत्यन्तै गहिरो छ । पूर्वमाओवादी पक्षले समेत सूर्यलाई आफ्नो चुनाव चिन्ह मानिसकेको र तत्कालीन एमालेको एउटा ठूलो पंक्ति साथमै हुने भएकाले सूर्य चिन्हमाथि यो समूहको स्वतः हकदाबी हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनीपक्षीय नेताहरुको झुकाव पनि सूर्य, एमाले र जनताको बहुदलीय जनवाद भएकाले सूर्य छापलाई आफ्नो बनाउन यो समूहले सकेको प्रयास गर्नेछ । आजको कान्तिपुर दैनिकमा समाचार छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।