रवि पाण्डेय/नवलपरासी ,१२ फागुन
जनयुद्धका सहिद बाबुराम खनालकी आमा कृष्ण कुमारी खनालको ८९ बर्षको उमेरमा निधन भएको छ ।
बि.स.१९९० सालमा जन्मिनु भएकी खनालको बर्दघाट–१३ धनेवास्थित आफ्नै निवासमा विहीवार राति निधन भएको हो । ३ छोरा ६ छोरी मध्ये जेठो छोरा बाबुराम र सहिद बाबुरामकी छोरी गायत्री जनयुद्धमा सहिद हुनुभएको थियो ।
कृष्ण कुमारीको शुक्रवार त्रिवेणीधाममा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि नेकपा(माओवादी केन्द्र) , नेकपा (क्रान्तिकारी माओवादी)लगायत बिभिन्न माओवादी घटकका जिल्लास्तरका नेता कार्यकर्ता त्रिवेणीधाममा पुग्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

