राजन कुमार बानिया /पर्सा , १२ फाल्गुन
पर्साको पोखरिया नगरपालिका वडा नं ३ बसन्तपुरमा अाज दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ।
दिउँसो दुई बजेको समयमा भएको दुर्घटनामा परि भारतीय नम्बरको मोटरसाईकल चालक भारत विहार जिल्ला बेतिया पश्चिम चम्पारण सिकटा बजार निवासी मुन्ना मियाँ चुरिहार का २२ बर्षिय छोरा कैयफली उर्फ गोलु मियाँ चुरीहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
चुरीहारले चलाएको बीआर २२ एन ३७९६ नम्बरको मोटरसाईकलले लंगडी चौकबाट पोखरिया तर्फ जाँदै गरेको अवस्था मा ना १५ प ५०३६ नम्बरको मोटरसाईकल अापसमा ठककर भएपछी गम्भिर घाईते भएका थिए।
उनको उपचारको क्रममा पोखरिया अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
अर्को मोटरसाइकल चालक पर्सा जगरनाथपुर गाउँपालिका–५ चिलझपटी बस्ने ३४ बर्षिय श्यामबाबु यादवलाई पक्राउ गरिएको उनले बताए।
घटना पछी ईलाका प्रहरी कार्यालय पोखरियाका टोलीले घटना स्थलमा पुगी मृतक चुरिहारको शब लाई पोस्ट मार्टमका लागि बिरगंज नारायणी अस्पतालमा पठाएको र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको घटनाको समबन्धमा थप अनुसन्धान भईरहेको गिरीले बताए। मृतक कायफअली चुरिहार लंगडी चौकमा १० महिना देखि मोबाइल पसल गरि बस्दै अाईरहेको परिवारजनले जनाएका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

