Rashtriya Dainik

शिवगढीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा सरोकारवालाहरुको जोड

प्रिन्स मिश्रा /कपिलवस्तु ,१२ फागुन

शिवगढी मन्दिरको विकासका लागि सबै एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । चिन्तास मिडिया नेटवर्क प्रालीको आयोजना र शिवराज नगरपालिका वडा नं ९ को सहयोगमा शिवगढी मन्दिर र शिवगढी किल्लाको प्रचार प्रसार र समृद्धिका लागी मिडिया अन्तर्कृया कार्यक्रममा बोल्ने वक्ताहरुले शिवगढी क्षेत्रको विकासमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका हुन ।

अन्तर्कृया कार्यक्रममा सहभागि शिवगढी पर्यटन विकास वोर्डका पदाधिकारीहरु, स्थानिय बृद्धिजिवि, समाजसेवि, विभिन्न सघं सस्थाका प्रतिनिधि, मानव अधिकारकर्मि विभिन्न राजनितिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरुले शिवगढी मन्दिर र शिवगढी किल्लाको विकास र प्रचारका लागी हातेमालो गरेर अगाडि बढेनुपर्ने बताएका हुन ।

शिवगढीको प्राचिन इतिहास, र शिवगढीको विकासमा शिवगढी बासिको योगदानको पनि मुल्यांकन गर्दै सबै को साथ र सहयोगमा उक्त क्षेत्रलाइ धार्मिक तथा पर्यटकिय किल्लाको रुपमा विकास गर्नुपर्ने कार्यक्रमका वक्ताहरुले बताएका छन ।

कार्यक्रममा बोल्दै नेकपा माओवादि केन्द्र नगर कमिटि उपाध्यक्ष तथा शिवराज वडा नं ९ का पुर्व वडा अध्यक्ष चुराबहादुर खड्काले विगतका समयमा राजनितिक खिचातानिका कारण शिवगढीका लागि आएको बजेट फ्रिज समेत भएको र केवलबारका कुराहरु आएपनि केहि प्रगति हुन नसकेको बताउदै अबका दिनमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेकपा एमाले नगर कमिटि उपाध्यक्ष महादेब पोख्रेलले विगतमा भएका कमिकम्जोरीलाइ सुधार गर्दै फराकिलो मानसिक सोचका साथ लाग्नुपर्ने बताउनुभयो । शिवगढीको धार्मिक तथा पर्यटकिय किल्लाको रुपमा विकास सगैं स्थानिय उत्पादनलाइ व्यवसायिक रुप दिन सके स्थानिय बासिलाइ फाइदा पुग्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति मधु पोख्रेलले शिवगढिको विकासका लागि अरुले एउटा इटा राख्दा आफु चार इटा थप्न तयार रहेको बताउदै अब राजनितिक स्वार्थ नहेरी शिवगढीको विकास र प्रचारका निम्ति हातेमालो गरेर अगाडि बढे्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले आपनो पहिलो कार्यकालमा पनि शिवगढीको विकासका लागि काम गरेको र यो कार्यकालमा पनि गर्ने बताउदै सबैको साथ र सहयोगले शिवगढिलाइ धार्मिक तथा पर्यटकिय किल्लाको रुपमा विकसका निम्ती पहल गर्ने बताउनु भयो । यसैगरी चिन्तास मिडिया नेटवर्क प्रालीका प्रबन्ध निदेर्शक चिन्ता परीयारले मिडियाको माध्यमबाट सधैब शिवगढीको प्रचार प्रसारमा कलम अगाडि बढाउने बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित