Rashtriya Dainik

कैलालीमा २ करोड ६४ लाख खर्चेर यस्तो बन्दैछ केबलकार र होटल

धनगढीः १२ फाल्गुन
सुदूरपश्चिममा पहिलो पटक केबलकार सञ्चालनमा आउँदैछ। कैलालीको चिसापानीदेखि राजकाँडा जोड्न जालपादेवी केबलकार निर्माण हुने भएको छ। कैलालीको मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिकामा केबलकारसहित होटल बन्ने भएको हो।

जालपादेवी केबलकार परियोजना निर्माणका लागि तावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारिएको छ। आयोजनाले तयार पारेको रिपोर्ट स्वीकृतिका लागि रायसुझाव माग गरिएको छ। केबलकारको माथिल्लो स्टेसन मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने छ भने तल्लो स्टेसन लम्की चुहा नगरपालिको वडा नम्बर ३ मा पर्ने छ।

केबलकारको लम्बाई ३ दशमलब १ किलोमिटर हुनेछ। केबलकारमा कुल ३४ वटा बक्स सञ्चालन हुनेछन्। प्रति बक्स यात्रु क्षमता ८ जनाको हुने कम्पनीले जनाएको छ। केबलकारले प्रतिदिन ६ हजार यात्रुलाई सेवा दिन सक्नेछ। केबलकारको स्पिड प्रति सेकेन्ड ६ मिटरको हुने कम्पनीको दाबी छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित