Rashtriya Dainik

ईलाका प्रहरी कार्यालय दुम्किबासमा दुर्गा भगवतीको मुर्ती उदघाटन

अारपि उपाध्याय / नवलपरासी , १२ फागुन

पुर्वी नवलपरासी ईलाका प्रहरी कार्यालय दुम्किबासमा एक कार्यकमका बिच दुर्गा भगवतीको मुर्ती उदघाटन गरिएको छ ।

सत्य सेवा सुरक्षणम् को आदर्शलाई अझै बढी भरपर्दो र विश्वसनिय ढंगबाट परिचालन गर्ने उद्देश्यले दुर्गा भगवतीको मन्दिर उदघाटन गरिएको आयोजकले जानकारी दिएको ‍छ ।

स्थानिय महिला समाजसेवी एवम् मन्दिर निर्माण समितिकी अध्क्षय गोमा देवी वस्यालको अध्यक्षतामा कार्यकम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथी समेत रहनुभएका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले शान्ति सुरक्षा सहित अपराध नियन्त्रण कार्यका लागी नेपाल सरकारले दिएको जिम्मेवारीलाई प्रहरीले मन, कर्म र वचनबाट लागी परेको बताउदै दुर्गा मन्दिरको स्थापनाले सबैमा सवच्छ र निष्पक्ष भई सेवा प्रदान गर्नेप्रेरणा मिल्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यकममा बिनयी त्रिवेणी गाउँपालिका अध्क्षय घनश्याम गिरीले स्थानिय साधन र स्रोतको प्रयोगको गरी निर्माण भएको दुर्गा मन्दिरबाट नागरिक र प्रहरीलाई धर्मप्रति आस्था र कर्तब्यप्रति जिम्मेवारी बढाउने कार्यमा मद्दत मिल्ने विचार ब्यक्त गर्नुभयो ।

सो अवसरमा अधिबक्ता गणेश प्रसाद अधिकारी, बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ का वडाध्क्षय दिपक प्रसाद पौडेल र प्रहरी निरीक्षक राम नारायण गुप्ता लगायतले प्रहरी र नागरिक बिच सुमधर सम्बन्ध हुनुपर्ने कुरामा प्रकाश पार्नुभयो ।

मन्दिर निर्माण कार्यमा स्थानिय चन्दादाता र संघ सस्थाबाट प्राप्त रु ९,६०,०००।– रस्थानिय प्रहरी जनशक्तीको सहयोगमा उक्त निर्माण कार्य सम्पन्न भएको निर्माण समितिले बताएको छ । ईलाका प्रहरी कार्यालय दुम्किवासले बिनयी त्रिवेणी गाउँपालिकाको १ देखि ७ वडा सम्म र मध्यविन्दु नगरपालिका को १०, १२ र १३ वडा सम्म कार्य क्षेत्र रहेको प्रहरीले राकाचुली जस्तो भौगोलिक बिकटता रहेको ठाँउमा पनि सेवा पुर्याउदै आएको उदघाटन कार्यकममा जानकारी गराईएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित