कपिलवस्तु,१२ फागुन
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले खानेपानी मंत्री अब्दुल खानलाई भेटेर मदरसा व्यवस्थापन तथा धार्मिक स्थल हरूमा निशुल्क खानेपानीको व्यवस्थापन गर्न ज्ञापन पत्र दिएका छन् l

नेपाल भित्र रहेका धार्मिक स्थल हरु (मन्दिर, मस्जिद, गुम्बा, विहार, चर्च, गुरूद्वारा) लगायत अन्य धार्मिक स्थल हरुमा निशुल्क खानेपानीको व्यवस्थापन हुनुपर्ने तथा मदरसा मस्जिद हरूमा खानेपानीको राम्रो व्यवस्था नभएका स्थानमा खानेपानी मंत्रालयले अनुगमन गरि निशुल्क खानेपानीको व्यवस्था मिलाउन ज्ञापन पत्र दिइएको जानकारी उपाध्यक्ष मौलाना मशहूद ले दिए l
राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले मंत्री खान संग मदरसामा पढाउने शिक्षक लाई प्रक्रिया पुर्याई दरबन्दी स्थापना गरि स्वत: स्थायी गर्नु पर्ने तथा नेपाल सरकारले मदरसामा दिदै आएको बार्षिक अनुदान रकम दुइ लाख एक्चालिस हजार बाट बढाएर दश लाख दिनुपर्ने कुरा आफ्नो तवरले समस्या समाधान गर्न अनुरोध गरे l
खानेपानी मंत्री खानले आफू खानेपानीको समस्या प्रति गम्भीर भएर लागिरहेको तथा खानेपानीको समस्या समाधान गर्न आफू हरू सदैव तयार रहेको बताए l
उपाध्यक्ष खां सहित राष्ट्रीय मदरसा संघ नेपालका वरिष्ट सल्लाहकार मेघनाथ ढकाल, खतिजुल कुबरा गर्लस कालेजका अध्यापक अब्दुल कयुम, हफिजुल्ला सहितको टोलीले खानेपानी मंत्री खान लाई ध्यानाकर्षण गराएका छन् l
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

