काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज बुधवार बिहान साढे ११ बजे संसदीय दलको बैठक बोलाएको छ। पार्टीको अर्को केन्द्रीय कमिटी बैठक भने बिहीबारका लागि तोकिएको छ। मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयनसमेत गरेको छ। यस्तै संसद् विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा जाने निर्णय पनि उक्त पक्षले गरेको छ। आन्दोलनका कार्यक्रम बिहीबार तय गरिने जनाइएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरका कार्यकर्तालाई सशक्त रूपमा आन्दोलनमा लाग्न पनि आव्हान गरेका छन्। यता ओली पक्षले पनि बालुवाटारमा मंगलबार नै केन्द्रीय कमिटी बैठक गरेको थियो। बैठकले केन्द्रीय कमिटी सदस्यको सङ्ख्या ११ सय ९९ बनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।