ज्ञानेश्वर सहानी/नवलपरासी / १० फाल्गुन।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १ मा सिमलको काठ तस्करी मेयरको भाइलाई बच्चाउन मन्त्रीहरूको वन कर्मचारीलाई दबाव गरिएको छ।
रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा रामग्रामका मेयर धनपत यादवका भाइ घनश्याम यादवको मिलोमतोमा काठ तस्करी भइरहेको स्थानियले बताएका छन्।।

वन डिभिजन कार्यालय पश्चिम नवलपरासी सँगै कुनै किसिमको अनुमति न लिएको बताइएको हो । रामग्राम नगरपालिका वाड नं ०१ पर्ने १४ कट्टा सरकारी जग्गामा रहेको जंगलमा मेयर यादव र वाडध्यक्ष रुद्र प्रकाश उपाध्यायको मिलोमतोमा उक्त काठको अवैध तस्कारी भइरहेको स्थानियले बताएका छन् ।
मेयर र वडाध्यक्षकै मिलेमतोमा रुख तस्करी गरिएको पाइएको छ । कार्यालय परिसरभित्र रहेका सिमलको रुख काटिएको हो । सो क्रममा रुख काट्ने ६ जना सहित १ टेयाकटर पक्राउ परेका छन् । भगवति समिल अर्थात् आरामिल उद्योगको लागि लाउँदै गरेको पक्राउ परेका व्यक्तिहरूले मेयरको भाइ घनश्यामको रहेको बताएका थिए ।

वडा कार्यालय परिसर भित्र रहेको हरियो सिमलको रुख काट्दा जनप्रतिनिधिले वास्ता नगर्दा मेयर यादव र वडा अध्यक्ष उपाध्यायलको मिलोमतोमा अवैध तरिकाले हरियो रुख तस्करी भएको स्थानीयले आरोप लगाएका हुन ।
मंगलबार रामग्राम नगरपालिकाको डण्डास्थित सार्वजनिक जग्गामा रहेका सिमलको काठ काट्ने ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यालयलाई बुझाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डिल राम पौडेलले जानकारी दिए ।
उनका अनुसार व्यक्तिगत वा सार्वजनिक जग्गमा रहेका सिमलका रुख कानुनी प्रक्रिया पूरा गरेर मात्र बेच्न तथा कटान गर्न पाइन्छ, तर कानुनी प्रक्रिया नपुयाई काटिएको छ । हरियो रुख काट्नको लागि वन कार्यालयबाट अनुमती नलिई मनोमानी तरिकाले काटेपछि स्थानीयले प्रहरी र वन कार्यालयलाई जानकारी गराएका थिए ।
वडा कार्यालय परिसरमा रहेका ८ वडा रुख काटिएको छ । जसमा २ वटा सिमल, २ वटा जामुन, ३ वटा आँप र २ वटा सिसम रहेको थियो । लु ३ त २०५८ नम्बरको टयाक्टर समेत डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । कटान गराउने ठेकेदारको नाम भने खुलेको छैन । पक्राउ परेकालाई छोड्न विभिन्न राजनीतिक दलका नेताहरको दबाब आएको समेत प्रहरीले जनाएको छ ।

उनीहरुलाई कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार वन पैदवार हानी नोक्सानी अन्तर्गत नवलपरासी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

