अारपि उपाध्याय / नवलपरासी , ११ फागुन
सुस्ता बचाऔं अभियानका पुर्व अध्यक्ष स्वर्गीय गोपाल प्रसाद गुरुङका परिवारलाई एक कार्यक्रमका बिच राहत रकम प्रदान गरिएको छ।
पश्चिम नवलपरासी क्षेत्र न.१ बाट निर्वाचित हुनु भएका प्रतिनिधि सभा सदस्य बिनोद चौधरीको तर्फबाट स्वर्गीय गुरुङको श्रीमती लालमाया गुरुङलाई नगद ३५ हजार प्रदान गरिएको थियो।
सुस्ता गाउँपालिका वडा न.५ का वडा अध्यक्ष प्रभुनाथ यादवको अध्यक्षतामा वडा कार्यालयमा एक कार्यक्रमका बिच सो रकम प्रदान गरिएको नेपाली काङ्ग्रेस सुस्ता गाउँ कमिटीका सभापति रबिन्द्र प्रसाद जैसवालले जानकारी दिनुभएको छ।
सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार,नेपाल महिला संघ जिल्ला अध्यक्ष कमला पराजुली, महिला संघकी क्षेत्रीय अध्यक्ष बिमला उपाध्याय लगायतको उपस्थिति रहेको थियो।
स्वर्गीय गुरुङको हृदयघातले २०७९ माघ १० गते उपचारको क्रममा निधन भएको थियो।
राहत रकम वितरण कार्यक्रममा स्वर्गीय गुरुङका परिवारजन र सुस्ता बासीहरुको उपस्तिथि रहेको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

