Rashtriya Dainik

माननिय रमेश रिजालद्वारा ठोरी वृद्धबृदा असाय कल्याण समाजको निरीक्षण

हरिकिशोर शर्मा/ जिराभवानी ,११ फागुन
पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य माननीय रमेश रिजालले ठोरी गाउँपालीका वडा नम्बर १ को भगवान नगरमा रहेको वृद्धबृदा असाय कल्याण समाजको निरीक्षण गर्नु भएको छ। उहाँले आज संस्थाको भवनमा पुगि अवलोकन गरि वृद्धबृदा असाय कल्याण समाजको बिकाश,संरक्षण, प्रवंद्वन र व्यवस्थापकीए पक्ष सुधार गर्ने विषयमा चासो व्यक्त गर्नु भएको छ। साथै उहाँले यस समाजमा बसोबास गर्ने वृद्धबृदाहरु आफ्नो व्यक्तीगतरुपमा १० हजार रुपैयाँ संस्थाका अध्यक्ष आस बहादुर गुरुङ लाई प्रदान गर्नु भएको छ।
वृद्धबृदा असाय कल्याण समजाको मधेस प्रदेश नेपाल काङ्ग्रेसका प्रदेश सभा सदस्य माननीय शंकर प्रसाद चौधरी त्यसै जगन्नाथपुर गाउँपालीका प्रमुख श्रीकान्त यादव, नेपाली काङ्ग्रेस ठोरी गाउँपालीका सभापति सन्तोष श्रेष्ठ त्यस्तै नेपाली काङ्ग्रेसका स्थानीय नेता राम बहादुर श्रेष्ठ लगाएका नेताले निरीक्षण गर्नुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित