नवलपरासी,११ फागुन
पश्चिम नवलपरासीको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्डमा ठेक्काको म्याद सकिएको चार बर्ष वित्दा पनि काम सम्पन्न हुन सकेको छैन् ।
सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको हो । राजर्माको प्रगतिलाई यहाँका स्थानीयले हालको हुलाक कार्यालयको अवस्थाको रुपमा चित्रित गरेका छन् ।
कुल १४ किलोमिटर सडक बनाउन सात बर्ष वित्न लाग्यो तर सडकको निर्माण कार्य अझै पुरा हुन नसकेको प्रति स्थानियले आक्रोस र निरासा ब्यतm गर्न थालेका छन् । हुलाकी राजमार्गको सो खण्डको मर्मतका लागि २०७३ फागुन १५ गते कन्चनजंघा,विरुवा शिवशतिm जेभिले सम्झौता गरेको थियो ।
२०७५ फागुन १४ गते भित्र सडक स्तरोन्नतीको कार्य सम्पन्न गर्ने पहिलो म्याद थियो । तर सो म्याद भित्र राजमार्गको कार्य सम्पन्न हुन नसके पछि सरकारले पटक पटक म्याद थप गर्दै आएको छ । कुल २५ करोड १९ लाख ५ सय ५० रुपिया भ्याट सहितको कबोल अंकमा निर्माण कम्पनीले सडक स्तरोन्तीको ठेक्का लिएको थियो,तर अहिलेसम्म सडकले पुर्णता नभएको वर्दघाट नगरपालिकाका दिपक बरालले बताए ।
ठेकेदार र सरकारसँग के कसरी ठेक्का गर्ने र काम गराउने सहमति हुदो रहेछ,त्यो जनतालाई त थाहा हुदैन,उनले भने ।
तर सम्झौता गर्दा म्याद दिदा सरकारले पहिला थोरै म्याद भित्र काम सम्पन्न गर्ने गरि जनता भुलाउन खोज्ने गरेका छन ? कि साच्चै सरकारी प्राविधिक र निर्माण कम्पनी विचको केही साँठगाँठ हुने गरेको छ ,त्यो कुरा बुझ्न गाह्रो भएको छ ।
ठेकेदारलाई पटक पटक म्याद थपिदिने कारणले पनि निर्माण कम्पनीले बदमासी गर्न गरेको स्थानियको आरोप छ । ठेकेदारलाई बढिमा एक पटक मात्र म्याद थप हुन सक्छ,त्यो भित्र पनि गर्न नसकिए ति निर्माण कम्पनीलाई कारवाही किन सरकारले गर्दैन ? उनले प्रश्न गरे ।
निर्माण कम्पनीले काम नगर्ने म्याद थप माग गर्दै जाने हो,भने एउटा सडक बनाउन दशक लाग्ने छ । यसले जनतालाई छल्ने काम मात्र भएको छ,उनले आक्रोप पोखे । निर्माण कम्पनीले गुणस्तरहिन काम गर्दा पनि सरकारी प्राािवधिक मौन हुन्छन, स्थानियले विरोध गरे त्यसलाई थामथुप पार्ने कार्य सरकारी प्राविधिकले नै गर्छन् ।
जति बेला चाहे त्यहीबेला उनीहरुलाई म्याद थपिदै जान्छन् सरकार जनताको हो ? कि ठेकेदारको हो ? सरकारलाई जनताले कर तिर्ने गरेका छन् ।
दातृनिकायले जनताको समस्या समाधान होस भनेर अनुदान दिने गरेका छन् । तर यहाँ सरकारी कर्मचारी जनता र दातृनिकाय प्रति उत्तरदायि भन्दा ठेकेदारकै गुनगानमा लाग्ने गरेका छन् । सरकारले पुरा रेटको काम गर्दा ठेकेदारहरुले नै कममा काम गर्ने भन्दै टेण्डर भर्ने गरेका छन् ।
पछि तिनै प्राविधिकलाई प्रभावमा पार्दै निर्माण कार्यमा ढिलाई गर्दै आउने गर्दा सडक निर्माण कार्य ढिलाई हुने गरेको छ । सडकको काम पुरा नहुदै धेरै स्थानमा बनेको सडक मर्मत गर्ने बेला भई सक्यो,तर राममार्गको काम सम्पन्न हुन सकेका छैनन् । धेरै बजारहरुमा र्यालिगँ लगाउने,पुल र कल्भर्टको छेउछाउमा पिच गर्नै बाकी छ । राजमार्गको रामग्राम ८ बैकुण्ठापुर स्थित पुल भत्केको दुई बर्ष भयो,दुई बर्ष देखी डाईभर्सनमा गाडी चल्ने गरेको छ । ति पुलका काम पनि भएका छैनन् ।
परासी बजार नजिकैका राजमार्गमा ठूल्ठूला खाल्टाहरु भएका छन् । पटखौली बजार नजिकै पनि राजमार्गमा खाल्टा हुदै गएका छन् । तर हुलाकी राजमार्गको काम कहिले जाला घाम जस्तै भएको छ । निर्माण कम्पनीको न कोही प्रतिनिधि भेटिन्छन,नत कुनै सम्पर्क कार्यालय छ । सरकारी प्राविधिक पनि भेटाउन मुस्किल नै छ । यसले गर्दा गुनासो पनि कहाँ गर्ने ? कस्लाई गर्ने ? स्थानीय तहका गाउपालिका नगरपालिकाहरुले सो काम संघिय सरकारको भएको भन्दै पन्छिने गरेका छन् ।
जनता प्रति जनप्रतिनिधि पनि वेवास्ता,कर्मचारीको लापर्वाही र सरकारी उदासिनताको चक्कीमा जनता पिसिने काम भएको स्थानियको गुनासो रहेको छ । राणाकालिन एक शताब्दी पहिला पुर्व पश्चिम जोड्ने हुलाकी राजमार्ग हो, उनले ब्याँगात्मक शैलीमा भने,शताब्दी पछि स्तरोन्नती हुने राजमार्गको काम पनि कम्तीमा दशक त लाग्छ नै । चुनावका बेला मिठा मिठा आश्वासन बाड्ने यस क्षेत्रका साँसदहरु पनि जनता प्रति उत्तरदायि नभएको गुनासो स्थानियबासीको रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

