पुरुषाेत्तम सुवेदी /नवलपरासी /१० फागुन ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँ पालिकामा प्रथम राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ ।
पाल्हीनन्दन गाउँ पालिकाको आयोजनामा वडा २ स्थित हरपुर माध्यमिक विद्यालय हरपुरको खेल मैदानमा बुधबार एक भव्य समारोह बिच समुदघाटन भई प्रतियोगिता संचालनमा आएको हो ।
गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता को अध्यक्षतामा शुरु भएको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा संचालन भएको हो ।
प्रतियोगिताको समन्वय प्रमुख यादवले उद्दघाटन गर्दै खेलाडी टिमहरुलाई सलामी पेश गर्दै खेलाडी समुहरुलाई खेलका आचार संहिता पाल्ना गर्न र खेलको नम्समा रही खेल खेल्न भनि खेलाडीहरुलाई समथ ग्रहण समेत गराउनु भयो ।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरि कुल १५ वटा विद्यालयका सहभागिता रहेको थियो । २ दिनसम्म संचालन रहने यस प्रतियोगितामा भलिभल, कपर्दि, दौड, उफ्रने र प्mयाक्ने, र्हाइजम्प, लंज जम्प, ट्रिपल जम्प, ज्याल्भिंग थ्रो, सटफुट, मार्सल आर्ट लगायतको खेल खेलाईने छ । खेलमा प्रतियोगिता हुन टिमलाई पुरस्कार, कप, सिल्ड, मेडल र प्रमाण पत्रहरु प्रदान गरिने गाउँपालिकाले जनाएका छ ।
प्रतियोगिता उद्दघाटन कार्यक्रममा सभाध्यक्ष अध्यक्ष बैजु प्रसाद गुप्ता , प्रमुख अतिथि भगौती प्रसाद यादव, उपाध्यक्ष फातुमा खातुन अंसारी, प्रमुख जिल्ला अधिकारी, विश्वप्रकाश अर्याल लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

