Rashtriya Dainik

प्रतिनिधि सभा सद्स्य जोशिको नेतृत्वको टोलिद्वारा चैनपुर ताक्लाकोट सडकखण्ड र देबसैन पुलकाे अनुगमन

दोरेन्द्र खड्का /बझङ् ,१० फागुन
चैनपुर ताक्लाकोट सडक खण्डको आज अनुगमन गरीएको छ । आज प्रतिनिधि सभा सद्स्य भानुभक्त जोशीको नेतृत्वमा गएको टोलीले चैनपुर ताक्लाकोट सडक खण्ड र देबसैन पुलको अनुगमन तथा निरीक्षण गरेको हो ।
उक्त अनुगमन टोलिमा प्रतिनिधि सभा सद्स्य भानुभक्त जोशी ,जयपृथ्बी नगरपालिका नगरप्रमुख चेतराज बजाल, तल्कोट गाउपालिका अध्यक्ष कलक बहादुर बोहरा , प्रमुख प्रसासकिय अधिकृत सिद्धराज भण्डारी ,नेकपा एकिकृत समाजबादिका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज बिरेन्द्र भण्डारी टाइगर, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे , चैन्पुर ताक्लाकोट सडक खण्डका डिइ तुलाराम सर्मा , स्थानीय लगाएका उपस्थिती रहेको थियो ।
सुदूरपश्चिम प्रदेशको त्रिदेशीय नाका जोड्ने यस क्षेत्रकै गौरवको योजना सेती लोकमार्ग अन्र्तरगत चैनपुर ¬ताक्लाकोट सडक खण्डको निर्माणको काम सुस्त गतिमा भईरहेको छ । सदरमुकाम चैनपुरबाट उत्तरी खण्डमा निर्माण भईरहेको यो सडक छिटो छरितो निर्माण गर्न यस क्षेत्रका बासिन्दाहरुको चाहनाभएपनि सडक निर्माणको ठेक्कालिएका निर्माण कम्पनीहरुको लापरर्बाहीका कारण काम ढिला भएको स्थानीयहरुले बताएका छन् ।
रूपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झन् सुस्त देखिएको छ । रुपातोलाबाट धुली सम्म नागार्जुन निर्माण सेवाले २०७४ मंसिरमा काम सुरु गरेको थियो हाल सम्म ७५ प्रतिशत काम सकिएको र बाकी ३० प्रतिशत काम गर्न अझै बाँकि रहेको डिइ तुलाराम सर्माले बताउनुभयो ।
यस्तै अनुगमनको क्रममा प्रतिनिधि सभा सद्स्य भानुभक्त जोशी, नगरप्रमुख चेतराज बाजाल प्रमुख जिलला अधिकारी लगाएत अनुगनमा जानुभएका बिभिन्न व्यक्तिहरुले कामलाइ छिटो छरीतो काम अगाढि बढाउन निर्देशन दिनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित