Rashtriya Dainik

त्रिबेणी स्थित गजेन्द्र मोक्ष नारायण भगवानको चतुर्थ महोत्सव

अारपि उपाध्याय / नवलपरासी , १० फागुन

पुर्वी नवलपरासीको विनयी त्रिबेणी गाउपालिकाको त्रिबेणी स्थित गजेन्द्र मोक्ष नारायण भगवानको चतुर्थ महोत्सव कार्यक्रम आज बुधबार पनि जारी रहेको छ ।

उक्त कार्यक्रम अन्तर्गत चौथो दिन १०८ कलश द्धारा महाअभिषेक र कथा परायण गरिएको त्रिबेणी गजेन्द्र मोक्ष दिव्य धाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले जानकारी दिनुभएको छ ।

महोत्सवको अवसर पारि धाम परिसरमा रथ यात्रा, विवाह उत्सव, अग्नी स्थापना लगायतका कार्यहरु गरिएको निर्देशक भुसालले जानकारी दिनुभयो । पौराणिक कालमा गजेन्द्र र ग्राह बीच भएको युद्धमा भगवान विष्णु द्धारा ग्राहको वध गरि गजेन्द्रको उद्धार गरेको स्थलको रुपमा परिचीत गजेन्द्र मोक्ष दिब्य धाममा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले धार्मिक कार्यले मनुष्यको मन र मस्तिष्कलाई स्वच्छ बनाउने हुदा आ आफ्नो क्षेत्रमा धर्मको जगेर्ना गर्दै जानुपर्ने धारणा राख्नुभयो ।

साथै उहाँले यस गजेन्द्र मोक्ष धाम पर्यटकिय हिसाबले पनि यसको भविष्य उज्जवल रहेको हुदा यस तर्फ सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको समेत बताउनुभयो ।

पाँच दिवसिय कार्यक्रमको अवधिभर नेपाल र भारतका विभिन्न स्थानबाट हजारौको संख्यामा भक्तजनहरुको उपस्थिती रहेको आयोजक समितिले जानकारी दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित