कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १० शितलापुरमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् , शिवराज १० शितलापुर बस्ने बर्ष ६४ का मगरे पासी आज बिहान आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत फेला परे, घटना स्थलमा प्रहरी पुग्दा घटना संकासपद देखेपछि प्रहरीले तत्काल अनुसन्धान थाल्यो, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिलजंग शाहीको कमान्डमा घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धान लाई तिब्र बनाएपछि प्रहरीले अनुसन्धान पश्चात् हत्यामा संलग्न निज मृतकको छोरा बर्ष ३० को मग्निराम पासी र बुहारी बर्ष २६ कि मिमा पासी लाई प्रहरीले नियन्त्रणमा लियो ।
छोरा र बुहारी लाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा छोराले नै बुबाको हत्या गरेको रहस्य प्रहरीले पत्ता लगायो, ९ गते बिहान ११ बजे खाना खान घरमा आएको समयमा छोरा मग्निराम पासीले आफ्नो बुबा र श्रीमतिलाइ नग्न अबस्थामा देखे पश्चात बाबुको हत्या गरेको र सोही दिन राती ११ बजे डोरीमा बांधी झुण्ड्याएको प्रहरी अनुसन्धानवाट खुलेको छ |

अनुसन्धान बाट घटना भएको अर्को दिन बिहान ८ बजे मात्र प्रहरी लाइ सूचना पुगेको वडा प्रहरी कार्यालयका प्रमुख कपिलजंग शाहीले बताउनुभयो, शाहीले प्रहरीले घटनास्थलबाट आबश्यक सबुद प्रमाणहरु बरामद गरेको र सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

