Rashtriya Dainik

परासी निलो गेट अगाडि मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

बिनोद निगम / नवलपरासी ,१० फागुन

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित निलोगेटमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
गएराती करिब साढे ८ बजेको समयमा रामग्राम-१ निलोगेट स्थित सुनवल-परासी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई गेटमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।

उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु ५ प ९६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गेटमा ठक्कर खादा मोटरसाइकल चालक नवलपरासी रामग्राम १४ रेक्सहवा निवासी ३५ वर्षीय प्रदिप यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

टाउकोमा चोट लागि गम्भीर घाईते भएका यादवको पृथ्वी चन्द्र अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएको थियो ।

उनको उपचारको क्रममा राति दश बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित