काठमाडौं, ७ पुस । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बोलाएको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएका छन् । बर्तमान अवस्थामा नेकपाको केन्द्रीय सदस्य ४४७ जना रहेका छन् । सोही केन्द्रीय सदस्यलाई हिसाब गर्ने हो भने प्रचण्ड-नेपाल पक्षमा दुई तिहाइ नेताहरु छन् । बिहान नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्ती केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राख्नु भएको थियो । जहाँ नयाँ निर्णयहरु पनि गर्नु भएको थियो । यता प्रचण्ड-नेपाल पक्षले पनि बबरमहलस्थित कार्की प्यालेसमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग बैठक गरिरहेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।