Rashtriya Dainik

कार्यसम्पादन मुल्याङ्कनमा बर्दघाट पहिलो, सरावल सबैभन्दा कमजोर

नवलपरासी , १० फागुन

पश्चिम नवलपरासीका सात स्थानिय तह मध्ये कार्यसम्पादन मुल्याङ्कनमा बर्दघाट नगरपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

मुल्याङ्कनमा बर्दघाट नगरपालिकाले अन्य छ पालिकालाई उछिन्दै ६९ दशमलव ८४ अंक प्राप्त गरेको छ । यो गत आर्थिक वर्षको कामको आधारमा विभिन्न १७ शिर्षकमा गरिएको मुल्याङ्कन हो । यस्तै रामग्राम नगरपालिकाले ६४ दशमलव ७० अंक प्राप्त गर्दे जिल्लामा दोस्रो हुन सफल भएको छ भने ६१ दशमलव ०४ अंकका साथ प्रतापपुर गाँउपालिका तेस्रो भएको छ ।

यस्तै सुनवल नगरपालिकाले ५७ दशमलव ३६ अंक प्राप्त गरेर चौथो भएको छ भने सुस्ताले ५२ र पाल्हीनन्दन गाँउपालिकाले ५१ द्यशमलव ५७ अंक प्राप्त गरेका छन् । सरावल गाँउपालिका भने जिल्ला सात स्थानिय तह मध्ये सबैभन्दा कमजोर देखिएको छ । सरावलको कार्यसम्पादन मुल्याङ्कनमा जम्मा ४५दशमलव २४ अंक प्राप्त गरेको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरेको हो ।

आयोगले राजस्व सकंलन लक्ष्य पूरा गरेको, संचित कोष व्यवस्थापन प्रणाली लागू गरेको, आवधिक योजना तर्जुमा गरेको, नीति कार्यक्रम तथा बजेट समयमा पेस गरेको, आयव्यय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण समयमै पेस गरेको लगायतका १७ वटा सूचाङ्कको आधारमा मुल्याङ्कन गर्ने गरेको छ ।

आयोगले फागुन ३ गते मुल्याङ्कन सार्वजनिक गर्दे कुनै फेरबदल भए ७ दिन भित्र आयोगमा तोकिएको ढाँचमा फर्म भरेर पठाउन सुचित गरेको छ ।

यसैबिच, कार्यसम्पादन मूल्यांकनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । कार्यसम्पादन मूल्यांकनमा नरैनापुरले ७८ दशमलव ५१८६ अंक प्राप्त गरेको छ ।

दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले ७७ दशमलव २६१४ अंक प्राप्त गरेको छ । त्यस्तै तेस्रो भएको म्याग्दीको मंगला गाउँपालिकाले ७७ दशमलव ०९२६ अंक प्राप्त गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित