Rashtriya Dainik

रामग्राममा अवैध काठ सहित ५ जना व्यक्ति र ट्याक्टर नियन्त्रणमा

ज्ञानेश्वर सहानी/नवलपरासी ,९ फाल्गुन।

पश्चिम नवलपरासीमा अवैध काठको तस्कारी दिन प्रति दिन बढ्दै गएको छ। आज मात्र रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा घनश्याम यादवको संलग्नतामा काठ काटिरहेकाे अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

वन डिभिजन कार्यालय पश्चिम नवलपरासी सँगै कुनै किसिमको अनुमति न लिएको बताएको छ। रामग्राम नगरपालिका वडा नं ०१ पर्ने १४ कट्टा जग्गामा रहेको जंगलमा मेयर धनपत यादव र वडा अध्यक्ष रुद्र प्रकाश उपाध्यायको मिलोमतोमा उक्त काठको अवैध तस्कारी भइरहेको स्थानियले बताएका छन्।

भगवति समिल अर्थात् आरामिल उद्योगको लागि लाउँदै गरेको पक्राउ परेका व्यक्तिहरूले मेयरको भाइ घनश्यामको रहेको वताएका थिए।

उक्त क्रममा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ५ जना व्यक्ति सहित लु ३ त २०५८ नंबर गरेको ट्याक्टर नियन्त्रणमा लिएको र यस घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित