अारपि उपाध्याय / नवलपरासी , ९ फागुन
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका अन्तर्गत रहेको गण्डक पश्चिमी नहरमा एक महिलाले दुई बालक सहित हाम फाल्दा तीन व्यक्तिको डुबेर मृत्यु भएको छ।
सुस्ता गाउँपालिका २ महलबारी बस्ने तिर्थराम थारुको २९ वर्षिय श्रीमती प्रतिमा थरुनीले आफ्नो दुई छोरा ९ वर्षको कृश थारु र ७ वर्षको सुमित थारुलाई साथ लिइ नहरमा हाम फालेर तिनै जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन।
घट्ना घटे लगत्तै इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीको नेतृत्वमा ७ प्रहरी र प्रहरी चौकी कुडियाका वरिष्ठ हवल्दार बिज्ञान भट्टराईको नेतृत्वमा तीन प्रहरी जवान सहितले खोज तलास गर्दा घट्ना स्थलदेखी सय मिटरको दुरीमा तीन व्यक्तिको शव फेला परेको हो।
नहरमा हाम फाली मृत्यु भएकी प्रतिमाको श्रीमान् रोजगारीको लागि भारत गएको र घरमा सासू मात्र रहेको प्रहरीले बताएको छ।

मानसिक सन्तुलन ठिक नभएकी प्रतिमाले दुई बालकसहित नहरमा हाम फालेर मृत्यु भएको घट्नाबारे गम्भीर ढङ्गबाट अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
नहरको पानीबाट शव निकालिएपछि सलले दुई बालकको हात बाधिएको अवस्थामा फेला परेको पनि बताइएको छ।
नहरबाट निकालिएको शवलाई पोस्टमार्टमको लागि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको प्रहरीले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

