Rashtriya Dainik

प्रतिनिधि सभा सदस्य जोशिको नेतृत्वमा पहिरोवाट क्षेती भएका संरचनाहरुको निरिक्षण

दोरेन्द्र खड्का /बझाङ ,९ फागुन
बझाङ जिल्लावाट प्रतिनिधि सभा सदस्य भानुभक्त जोशिको नेतृत्वको टोलिले खप्तडछान्ना गाउपालिकामा डेढ बर्ष अगाडि गयको बाढी पहिरोका कारण क्षेती भएका सन्चनाहरुको निरिक्षण तथा अनुगमन गरेको छ । टोलिले मँङ्गलवार खप्तडछान्ना गाउपालिकाका वडा नँ १ देखि ७ नम्बर वडा सम्म जोड्ने सडक, पक्किपुल घर पुल पुलेसा र बाढी पहिरो पिडितहरुको अवस्थाको वारेमा जाँच बुझ गरेको छ ।
अनुगमनका क्रममा बाढीपहिरो आयको डेड बर्स वितिसक्दा पनी सरकारी निकायबाट कुनै पनि राहत तथा क्षेतिपुर्ती नपाएको बाडी पिडित हरुले गुनासो गरेका थिए । निरिक्षण टोलिमा रहनु भयका खप्पडछान्ना गाउपालिका अध्यक्ष उत्तम रोकायाले बाढि पहिरो पिडितहरुका लागि पटक पटक केन्द्र सरकार प्रदेश सरकार सङ्ग समन्वय गरेको भएतापनी कुनै पनि साथ सहयोग नभएको गुनासो गर्नु गरे ।
अध्यक्ष रोकायाले भने तत्कालिन प्रधानमन्त्री, गृहमन्त्री, मुख्य मन्त्री र सभामुख आएर स्थलगत अध्यायन गरेको भएतापनी हाल सम्म बाढीपहिरो पडितहरको गुनासो सुनुबाइ नभयको र अहिले सम्म पुर्ण घरहरुको क्षेती भएका परिवारलाइ केही राहत दिन नसकेको बताउनुभयो ।
त्यस्तै प्रतिनिधि सभा सदस्य भानुभक्त जोशिले वाढी पहिरोले भत्कायका सरकारी सनरचना सडकको बैकल्पिक उपाय, पक्किपुलको अवस्था र बाढी पिडितको अवस्थाको बारेमा बुझ्न आउदा सार्है दयनिय अवस्था भएको बताउनु भयो ।उहाले यी सनरचना निर्माण गर्नका लागि समन्धित ठाउमा पहल गर्न कुनै कसर बाकी नराख्ने समेत बताउनुभयो । अनुगमना प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे लगाएत सुरक्षा निकाएका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित