Rashtriya Dainik

महासतसङ्ग समारोह विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणी धाममा सम्पन्न

अारपि उपाध्याय / नवलपरासी ,९ फागुन

नेपाल मानव धर्म सेवा समिति लुम्बिनी क्षेत्रको आयोजनामा महासतसङ्ग समारोह विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणी धाममा सम्पन्न भएको छ।

लुम्बिनी क्षेत्र आश्रम कि अध्यक्ष अम्बिका बाइजीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा नेपाल पत्रकार महासङ्घ पश्चिम नवलपरासीका संस्थापक सदस्य आर पि उपाध्यायले धर्मकर्मका साथै नैतिक शिक्षाको माध्यमबाट समाजलाई गन्तव्यमा पुर्याउन सकिने विचार व्यक्त गर्दै मनभित्रको विकृतिलाई सफा गर्न धर्मरुपी ज्ञानको आवश्यकता रहने जिकिर गर्नुभयो ।

बुटवल कालिकानगरकी समाजसेवी सुमित्रा अर्यालका स्वर्गवासी पति ऋषिराम अर्यालको दोस्रो स्मृति दिवसमा आयोजना गरिएको महान सतसङ्ग कार्यक्रममा महात्मा गोबर्द्दन बाइजी, सन्त महात्मा मन्जुला बाइजी लगायतले मानवको आत्मा उद्दारको लागि आत्मज्ञान अपरिहार्य तत्व रहेको बताउनु भएको थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी त्रिवेणी शाखा सभापति रन्नता काफ्ले लगायतको पनि उपस्थिति रहेको आयोजकले बताएको छ।

भजन किर्तनका साथ आयोजना भएको कार्यक्रममा रुपन्देही र पुर्वी नवलपरासीबाट ठूलो संख्याको भक्तजनहरुको उपस्थिति रहेको थियो।

मानवसेवा समाज लुम्बिनीका अध्यक्ष सोमनारायण बन्जाडेको स्वागतबाट प्रारम्भ भएको कार्यक्रमलाई भिम गुरुङले सन्चालन गर्नुभएको सतसङ्गकै रघुनाथ भट्टराईले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित