उमेश बि.क / नवलपरासी , ९ फागुन
पश्चिम नवलपरासीको परासी प्रेस क्लवको अध्यक्षमा बेचु गाैड सर्वसम्मत चयन भएका छन् ।
मंगलबार सदरमुकाम परासीमा जिल्लाभरका क्रियाशील पत्रकारहरुकाे भेलाले अध्यक्षमा गाैडलाई चयन गरिएको हाे ।

भेलाले क्लवको उपाध्यक्षमा सद्दाम हुसेन अन्सारी ,महासचिवमा माेहन पाैडेल, खुल्ला सचिवमा उमेश कुमार बि.क ,समावेशी सचिवमा रेनुका चाैधरी, कोषाध्यक्षमा गाैरीशंकर कलवारलाई चयन गरेकाे छ । त्यस्तै क्लबकाे सस्यहरुमा राज चाैधरी, संजय कुशवाहा , सन्जिव काेइराला , अन्नु कुमारी सुनार,गिता भट्टराई , निलम केसि,रामकरन हरिजन चयन भएका हुन ।

पश्चिम नवलपरासीमा पत्रकारितामा क्रियाशील पत्रकारहरुको साझा संस्थाको रुपमा परासी प्रेस क्लब रहने अध्यक्ष बेचु गाैडले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

