अारपि उपाध्याय / नवलपरासी , ९ फागुन
जिल्ला प्रहरी कार्यालय नवलपुर अन्तर्गत ईलाका प्रहरी कार्यालय गैंडाकोटले लागू औषध मुद्दामा फरार रहेको प्रतिवादीलाई एक विशेष अभियान अन्तर्गत नियन्त्रणमा लिएको छ।
गैंडाकोट नगरपालिका ४ बस्ने वर्ष २२ को मुनाल गौतम र गैंडाकोट ८ बस्ने वर्ष २३ को केबिन शर्मालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जानकारी दिएको छ।
प्रहरीले नियन्त्रणमा लिएको गौतम र शर्माले २०७८ साल भाद्र १९ गते जिल्ला अदालत नवलपरासी ( पुर्व ) बाट लागू औषध मुद्दामा ६ दिन कैद फैसला भइ फरार रहेको अभियुक्तलाई सूक्ष्म अनुसन्धानको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। लागु औषध मुद्दामा फरार अभियुक्तहरु घरमा लुकिछिपी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक रीता पौडेलको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएपछि ईलाका प्रहरी कार्यालय गैंडाकोटमा राखी थप कारवाहिको प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
यस पुर्व पनि नवलपुर प्रहरीले दाउन्ने र अरुणखोलाको जङ्गलमा चेकजाँचको क्रममा लागू औषध दुर्व्यसनिलाइ नियन्त्रणमा लिइसकेको प्रहरी श्रोतले जानकारी दिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

