Rashtriya Dainik

जाचकीहरुको सेटिङ्गमा तस्करी,जाँचपास भई आएको ट्रक र ट्याक्टरवाट तस्करीको सामान बरामद

वीरगंज ८ फाल्गुन
पर्सा प्रहरीले आईसिपी भन्सारवाट निस्केको बिल बिजक भन्दा बढीको सामान बोकेको ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ।
प्रहरीले बिशेष सुचनाको आधारमा वीरगंजबाट काठमाडौ तर्फ जादै गरेको ना ५ ख ५४९४ नम्बरको ट्याक्टर र ना३ख १०२४ नम्बरको ट्रकलाई सिर्सिया स्थित सडकखण्डमा रोकी चेकजाँज गर्द बिल बिजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामानहरु पक्राउ गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताउनुभयो ।

पक्राउ परेका ट्रक र ट्याक्टरबाट करिब ९२ लाख ४८ लाख८ सय २२ रुपैया बराबरको स्टेशनरी तथा खुद्रा सामानहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान र आवशयक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारालाई बुझाएको नायब उपरीक्षक गिरीले जानकारी दिनु भयो।
त्यसैगरी पर्सा प्रहरीले माघ २५ गतेको दिन आईसिपी भन्सारवाट निस्केको २ वटा ट्रकको क्यानटेनरबाट करिब ३६ लाख बराबरको अवैध सामान सहित ट्रकहरुलाई पक्राउ गरेको थियो ।सो ट्रकहरु भन्सार भित्रबाट चेकजाँच गरि पास भई नेपाल आएको थियो । यसले प्रमाणित हुन्छ कि वीरगंजको आईसिपी भित्रबाट एजेन्ट र जाँचकीहरुको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित